३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

मुख्य सचिव एकनारायण अर्यालले शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरे,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र २६, २०८२

काठमाडौं । बुधबार र बिहान दुई दिन नै सचिवहरू र मुख्य सचिव एकनारायण अर्यालबीच भर्च्युअल बैठक भएको छ। बिहीबार अपराह्न भएको भर्च्युअल बैठकमा मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार वा ढिलोमा शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरेको एक सहभागीले जानकारी दिए।

ती सहभागी सचिवका अनुसार मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूका लागि ठाउँ सफा गरेर राख्न सचिवहरूलाई निर्देशन दिएका थिए।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

बिहीबार दिउँसो २ बजेदेखि ४ बजेर १५ मिनेटसम्म भएको भर्च्युअल बैठकमा मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक विवरण सचिवहरूले दिएका थिए।

मुख्यसचिवले मन्त्रालयका कोठाहरू सफा गरेर बस्न योग्य बनाउन र टेण्ट टाँगेर भए पनि तयारी अवस्थामा रहन सचिवहरूलाई सूचित गरेका थिए। सवारी साधनहरुका विषयमा पनि छलफल भएको एक सचिवले बताए।

राष्ट्रिय योजना आयोगका सचिव सुमन अर्यालले योजना आयोगमा मन्त्रीहरूका लागि कोठाहरू उपालब्ध भएको जानकारी बैठकमा गराएका थिए । योजना आयोगमा उपाध्यक्ष र सदस्यहरू नभएका कारण मन्त्रीहरूलाई पदभार त्यही गराउन सकिने उपाय सचिव अर्यालले बैठकमा राखेका थिए।

बैठकमा लोकसेवा आयोगका सचिव किरण शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण दुवाडी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्याय, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा लगायतले मन्त्रालय र कार्यालयहरूमा भएको क्षतिको विवरण पेस गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]