२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राष्ट्रपति पौडेल प्रधान सेनापति सिग्देल र पूर्वप्रधान न्यायाधीश कार्कीबीच अहिलेसम्म छलफल जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच बिहीबार राति छलफल भइरहेको छ।

उनीहरूबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको उच्च स्रोतले जानकारी दिएको छ।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

बिहीबार राति वा शुक्रबारसम्म नयाँ सरकरा गठन गर्नुपर्ने दबाबबीच राष्ट्रपतिले सेनाप्रमुख र पूर्वप्रधानन्यायाधीश कार्कीबीच छलफल गरिरहेका हुन्।

पूर्वप्रधान न्यायाधीश कार्कीलाई जेनजीहरूको ठूलो संख्याले अन्तरिम प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।

तर संविधानभित्रैबाट उनलाई अन्तरिम प्रधानमन्त्री बनाउन सम्भव नरहेको वर्तमान अवस्थामा संविधानविद् र विज्ञहरूसमेत परामर्श गरिएको बुझिएको छ।

राष्ट्रपति पौडेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी संविधानकै दायरामा रही समाधान खोज्न प्रयत्नशील रहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]