१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

संविधान भन्दा बाहिर गएर मुलुकको निकास खोज्न नहुने सभामुख र राष्ट्रिय सभा अध्यक्षको जोड

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानभन्दा बाहिर गएर मुलुकको निकास खोज्न नहुने बताएका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधानबाहिर गएर निकास खोजिए आफूहरु सहमत हुन नसक्ने स्पष्ट सन्देश दिएका हुन् । विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक प्रक्रियाबाटै निकास खोज्न प्रयासरत रहेको उल्लेख छ । जेन–जी आन्दोलनकारीले संसद विघटन गरेर पूर्वन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठनको माग गरेका छ्न । जेन–जीका मागअनुसार कार्कीलाई चुनावी सरकारको प्रमुख बनाउन प्रमुख राजनीतिक दल सहमत भइसकेका छन् । तर, संसद भंग गर्ने प्रस्तावमा उनीहरुको असहमति छ । देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहीन सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्मानीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा विधिको शासन र संविधानवादभन्दा बाहिर जानुहुँदैन हामी दृढ छौं ।’
सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्न अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन् ।
उनीहरुले २३ २४ भदौको जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति उनीहरुले दुःख व्यक्त गरेका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका जेन–जी पुस्ता र प्रहरीप्रति उनीहरुले श्रद्धाञ्जी अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय साथैका विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सुरक्षा गृहहरू, व्यापारिक प्रतिष्ठान एवं सार्वजनिक यातायातका साधनहरूमा तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका छन् भन्ने समाचारहरूले आफूहरुलाई मर्माहत बनाएको उनीहरुको भनाइ छ । विज्ञप्तिमा संघीय संसद भवन तथा सचिवालयमा गरिएको तोडफोडको घोर भर्त्सना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!