२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

संविधान भन्दा बाहिर गएर मुलुकको निकास खोज्न नहुने सभामुख र राष्ट्रिय सभा अध्यक्षको जोड

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानभन्दा बाहिर गएर मुलुकको निकास खोज्न नहुने बताएका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधानबाहिर गएर निकास खोजिए आफूहरु सहमत हुन नसक्ने स्पष्ट सन्देश दिएका हुन् । विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक प्रक्रियाबाटै निकास खोज्न प्रयासरत रहेको उल्लेख छ । जेन–जी आन्दोलनकारीले संसद विघटन गरेर पूर्वन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठनको माग गरेका छ्न । जेन–जीका मागअनुसार कार्कीलाई चुनावी सरकारको प्रमुख बनाउन प्रमुख राजनीतिक दल सहमत भइसकेका छन् । तर, संसद भंग गर्ने प्रस्तावमा उनीहरुको असहमति छ । देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहीन सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्मानीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा विधिको शासन र संविधानवादभन्दा बाहिर जानुहुँदैन हामी दृढ छौं ।’
सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्न अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन् ।
उनीहरुले २३ २४ भदौको जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति उनीहरुले दुःख व्यक्त गरेका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका जेन–जी पुस्ता र प्रहरीप्रति उनीहरुले श्रद्धाञ्जी अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय साथैका विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सुरक्षा गृहहरू, व्यापारिक प्रतिष्ठान एवं सार्वजनिक यातायातका साधनहरूमा तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका छन् भन्ने समाचारहरूले आफूहरुलाई मर्माहत बनाएको उनीहरुको भनाइ छ । विज्ञप्तिमा संघीय संसद भवन तथा सचिवालयमा गरिएको तोडफोडको घोर भर्त्सना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!