२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आगजनी तोडफोड र लुटपाटमा संलग्नमा सबै जना पक्राउ पर्छन् प्रहरी भन्छ-हरेक फुटेज छ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भए । के यस विषयमा अब कुनै अनुसन्धान र कारबाही हुँदैन ? भन्ने प्रश्नमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे परिस्थिति अझै अनुकूल नभएकाे भन्दै नयाँ सरकारको गठनलगत्तै त्यस्ता विषयमा प्रवेश गरिने बताउँछन् ।

प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनमा उत्श्रृंखलता प्रदर्शन गर्ने सबैजसो मानिसको पहिचान गरी पक्राउ गरेको थियो ।

यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् । महाराजगञ्जमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार चैत १५ कै जसरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका हरेक दृश्य संकलन गरिएको छ ।

‘हामी अहिले कार्यालय सरसफाई गर्ने र क्षति भएका संरचनालाई कामलाग्दो बनाउन व्यस्त छौँ’, उनले भने, ‘हामी काममा फर्किसकेका छौँ, उपयुक्त समयमा यहाँहरुलाई त्यस्ता सूचना पनि दिँदै जाने छौँ ।’

जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरबाट लाखौँ रुपैयाँसहित ठूलो मात्रामा गरगहना लुटपाट भएका दृश्य सार्वजनिक भएका छन् ।

भाटभटेनी सुपरस्टोरका काठमाडौंसहित देशका विभिन्न भागमा रहेका विभिन्न आउटलेटमा आगजनीपछि लुटपाटका विभिन्न दृश्य सार्वजनिक भइसकेका छन् । विभिन्न प्रहरी कार्यालयबाट हतियार झिकेर सार्वजनिक रुपमा प्रदर्शन भएका थिए । प्रहरीका पोशाक लगाएर प्रहरीकै कुर्सीमा बस्दै टिकटक बनाउने काम भए ।

ट्राफिकको पोशाक लगाउने, सिठ्ठी फुक्दै सडकमा उत्रिने प्रदर्शनकारीका दृश्य विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् । एसएसपी आचार्यका अनुसार उपराध अनुसन्धान कार्यालयले ती सबै दृश्य संकलन गरेको छ ।

काठमाडौं उपत्यकाबाहिरका दृश्य पनि संकलित छन् । त्यसैले कहाँ, कसरी कारवाही गर्ने भन्ने विषयको नीति बनिसकेको छैन । तर, कुनै न कुनै नीति र विधि बनाएर यस्तो काम गर्नुपर्ने भन्छन्, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी घिमिरे । प्रहरीका अनगिन्ती काममध्ये कामका प्राथमिकता सरकार र संगठनको नेतृत्वले तय गर्ने घिमिरेले बताए नेपाल प्रेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]