२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

आगजनी तोडफोड र लुटपाटमा संलग्नमा सबै जना पक्राउ पर्छन् प्रहरी भन्छ-हरेक फुटेज छ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भए । के यस विषयमा अब कुनै अनुसन्धान र कारबाही हुँदैन ? भन्ने प्रश्नमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे परिस्थिति अझै अनुकूल नभएकाे भन्दै नयाँ सरकारको गठनलगत्तै त्यस्ता विषयमा प्रवेश गरिने बताउँछन् ।

प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनमा उत्श्रृंखलता प्रदर्शन गर्ने सबैजसो मानिसको पहिचान गरी पक्राउ गरेको थियो ।

यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् । महाराजगञ्जमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार चैत १५ कै जसरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका हरेक दृश्य संकलन गरिएको छ ।

‘हामी अहिले कार्यालय सरसफाई गर्ने र क्षति भएका संरचनालाई कामलाग्दो बनाउन व्यस्त छौँ’, उनले भने, ‘हामी काममा फर्किसकेका छौँ, उपयुक्त समयमा यहाँहरुलाई त्यस्ता सूचना पनि दिँदै जाने छौँ ।’

जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरबाट लाखौँ रुपैयाँसहित ठूलो मात्रामा गरगहना लुटपाट भएका दृश्य सार्वजनिक भएका छन् ।

भाटभटेनी सुपरस्टोरका काठमाडौंसहित देशका विभिन्न भागमा रहेका विभिन्न आउटलेटमा आगजनीपछि लुटपाटका विभिन्न दृश्य सार्वजनिक भइसकेका छन् । विभिन्न प्रहरी कार्यालयबाट हतियार झिकेर सार्वजनिक रुपमा प्रदर्शन भएका थिए । प्रहरीका पोशाक लगाएर प्रहरीकै कुर्सीमा बस्दै टिकटक बनाउने काम भए ।

ट्राफिकको पोशाक लगाउने, सिठ्ठी फुक्दै सडकमा उत्रिने प्रदर्शनकारीका दृश्य विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् । एसएसपी आचार्यका अनुसार उपराध अनुसन्धान कार्यालयले ती सबै दृश्य संकलन गरेको छ ।

काठमाडौं उपत्यकाबाहिरका दृश्य पनि संकलित छन् । त्यसैले कहाँ, कसरी कारवाही गर्ने भन्ने विषयको नीति बनिसकेको छैन । तर, कुनै न कुनै नीति र विधि बनाएर यस्तो काम गर्नुपर्ने भन्छन्, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी घिमिरे । प्रहरीका अनगिन्ती काममध्ये कामका प्राथमिकता सरकार र संगठनको नेतृत्वले तय गर्ने घिमिरेले बताए नेपाल प्रेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!