१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

आगजनी तोडफोड प्रहरीका हतियार लुट्नेहरु पक्राउ हुँदै सर्वाेच्चबाट ९ थान हतियार लुटिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

काठमाडौं । तीनकुनेस्थित प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्नेमध्येका एक सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् ।
प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीसहित उनी पक्राउ परेका हुने । अख्तयार सिंहदरबारको आगजनीमा समेत संलग्न रहेको पाइएको छ ।
त्यस्तै लाहानका विसान शाह,सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच सर्वाेच्च अदालतको सुरक्षाका लागि तैनाथ प्रहरी गणबाट ९ थान हतियार कब्जा भएका छन् । अदालतमा आगो लगाइएपछि प्रदर्शनकारीले ती हतियार लुटेर लगेकामा थिए । सिसिटिभी फुटेज र सामाजिक संजाल तथा मिडियामा आएका भिडिओका आधारमा हतियार लुट्नेमा संलग्न व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!