२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पूर्वप्रधानन्यायाधीश कार्कीले संसद विघटन गर्ने सहमति भएसँगै प्रधानमन्त्रीको रूपमा सपथ लिने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

काठमाडौं । लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।

यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। त्यस विषयमा पनि विस्तृत छलफल भएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूको सम्पत्ति छानबिन गर्ने सम्बन्धमा आफूहरूको आपत्ति नरहेको बताएका थिए। उनले भिडियो सन्देश जारी गरेर नेताहरूमाथि पनि छानबिन हुनुपर्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।