काठमाडौं । जिल्लाका प्रशासन कार्यालयहरूले शान्ति सुव्यवस्था कायम राख्न र जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि यस्तो कदम चालेको जनाएका छन्।
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्
यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ अनुसार जारी गरिएको हो। जारी सूचनाअनुसार, आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
यस्तै, बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
अत्यावश्यक काम परेका व्यक्तिहरूले भने बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाउनेछन्।
यसैबीच, काठमाडौंमा भने नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय सकिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस विषयमा बिहान साढे ९ बजेसम्म कुनै नयाँ सूचना जारी गरेको छैन।