२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौं ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौं । जिल्लाका प्रशासन कार्यालयहरूले शान्ति सुव्यवस्था कायम राख्न र जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि यस्तो कदम चालेको जनाएका छन्।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ अनुसार जारी गरिएको हो। जारी सूचनाअनुसार, आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।

यस्तै, बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

अत्यावश्यक काम परेका व्यक्तिहरूले भने बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाउनेछन्।

यसैबीच, काठमाडौंमा भने नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय सकिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस विषयमा बिहान साढे ९ बजेसम्म कुनै नयाँ सूचना जारी गरेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]