काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दम्पतिमाथिको आक्रमण जघन्य अपराध भएको बताएका छन्।
२४ भदौका दिन जेन-जी युवाहरूले बुढानिलकण्ठस्थित निवासमै सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरेर घाइते बनाएका थिए।
पछि केही युवाले उनीहरूमाथि भइरहेको आक्रमण रोकेका थिए भने सेनाले उद्धार गरि घरबाट निकालेको थियो। उक्त घटनालाई कोइरालाले जघन्य अपराध भन्दै जति निन्दा गरे पनि नपुग्ने बताएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले जेन-जी आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्तिमाथिको तुटपाट, आगजनीका साथै व्यक्तिमाथि भएको आक्रमण २१औँ सताब्दिमा सही मान्न नसकिने बताएका छन्।