०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सेनाले आन्दोलनपछि नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरुलाई गणबाट छोड्न थाल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २८, २०८२

दाङ । नेपाली सेनाले सुरक्षाका लागि नियन्त्रणमा लिएका मन्त्रीहरुको मोबाइल चलाउन रोक लगाएको थियो।

सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएका मन्त्रीहरुलाई मोबाइल चलाउन दिइएको थियो।

२८ भदौ, काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो ।

त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ।

सुरक्षाका लागि भनेर सेनाले नियन्त्रणमा लिएकाहरुको मोबाइल चलाउन रोक लगाएको थियो ।

तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो। आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!