०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

रवि लामिछाने पुनः नख्खु कारागार फर्किए पाँच घण्टापछि कारागार प्रशासनले जेलमा राख्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः ललितपुरको नख्खु कारागार फर्किएका छन् । उनी कारगार पुगेको पाँच घण्टापछि कारागार प्रशासनले जेलमा राखेको हो ।

यसअघि सुरक्षाको कारण देखाउँदै उनलाई कारागारले राख्न नमानेपछि घर फर्काइएका थिए । तर अन्ततः उनलाई कारागारले जेलमै राखेको छ । जेनजी आन्दोलनको क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै कारागारबाट पठाइएको दाबी गरे पनि यो विषय विवादमा परेको छ ।

रविले सार्वजनिक गरेको कारागार पत्रलाई धेरैले शंका गरेका थिए भने कारागार प्रशासनले पनि त्यस्तो पत्र आफूहरुले उनलाई नदिएको स्पष्ट पारेको थियो।

जेनजी आन्दोलनको नाममा उनका समर्थकले कारागारमा दबाव बढाएर रवि निस्किएको आरोप लागेको छ। उनका मुक्तिपछि देशभरका कैदीहरू निस्कने होड चलेको भन्दै सामाजिक रूपमा आलोचना भएको छ।

कारागार प्रवेश गर्नु अघि रविले जारी गरेको भिडिओ सन्देशमा उनले भनेका थिए, “पछिल्लो सरकारले मेरो जीवन चरम राजनीतिक प्रतिशोधमा हराम पारेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय नहुने आशा सहित म कारागार जान लागिरहेको छु।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!