२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रदर्शनको क्रममा केही दिन बन्द गरिएको बाँकेको नेपालगन्ज जमुनाहा नाका खुल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ३०, २०८२

बाँके । नेपालगन्जको जनजीवन सुधार भए पछि नाका खोलिएको हो । नाका खुलेपछि भारतीय सीमा बजारमा किनमेल गर्नेको भिड लागेको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले आवतजावत सहज बनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा सुरु गरेको छ । शुक्रवारदेखि पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनु भयो ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले आवागमन सहज र सरल बन्दै गएको बताउँदै भारतले आउन दिएकालाई आफूहरूले पनि चेकजाँचपछि नेपाल प्रवेश गर्न दिएको बताउनुभयो ।

यसअघि प्रदर्शनकारीले जमुनाहाको प्रहरी चेकपोस्टसहित इलाका प्रहरी कार्यालय र भन्सार यात्रु शाखामा मङ्गलवार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!