०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रदर्शनको क्रममा केही दिन बन्द गरिएको बाँकेको नेपालगन्ज जमुनाहा नाका खुल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ३०, २०८२

बाँके । नेपालगन्जको जनजीवन सुधार भए पछि नाका खोलिएको हो । नाका खुलेपछि भारतीय सीमा बजारमा किनमेल गर्नेको भिड लागेको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले आवतजावत सहज बनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा सुरु गरेको छ । शुक्रवारदेखि पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनु भयो ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले आवागमन सहज र सरल बन्दै गएको बताउँदै भारतले आउन दिएकालाई आफूहरूले पनि चेकजाँचपछि नेपाल प्रवेश गर्न दिएको बताउनुभयो ।

यसअघि प्रदर्शनकारीले जमुनाहाको प्रहरी चेकपोस्टसहित इलाका प्रहरी कार्यालय र भन्सार यात्रु शाखामा मङ्गलवार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!