०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रहरीको पोशाक लगाएर समाजिक संजालमा दुरुपयोग गर्दै हिंड्नेहरु प्रहरीको निगरानीमा, पक्राउ पर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आजगनी, तोडफोड र लुटपाटका क्रममा प्रहरीको हतियार, पोशाक र सञ्चार सेट बोकेर हिंड्नेहरु धेरै देखिए ।

यतिसम्मकी प्रहरीका लुटेका पोशाक लगाएर सञ्चार सेट बोकेकाहरुले टिकटक, रिलजस्ता समाजिक सञ्जालमा भिडियो पोष्ट गरेर आफैंविरुद्धको प्रमाण प्रस्तुत गरेका छन् ।

स्थिति सामान्य बन्दै गएपछि ती सबैलाई प्रहरीले सुक्ष्म निगरानीमा राखिरहेको छ । अधिकांशको पहिचान हुनुका साथै हालको लोकसेन पत्ता लागिसकेको उच्च प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले लुटिएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल जारी गरेको छ । केहीले फिर्ता पनि गरेका छन् । तर, फिर्ता नगर्नेहरुलाई पन पक्राउ गरी आवश्यक कारबाही अघि बढाउने तयारी प्रहरीको छ ।

‘केहीले फिर्ता गरेका छन् । फिर्ता नगर्नेहरुमाथि सुष्म निगरानी भइरहेको छ । अब क्रमशः पक्राउ गरी कारबाही अघि बढाइन्छ’, नेपाल प्रहरीका एक एआईजीले काठमाण्डूटुडेसँग भने ।

२४ भदौको जेन–जी आन्दोलनका क्रममा काठमाण्डू उपत्यकाका अधिकांश प्रहरी कार्यालय आन्दोलनकारीको निशानामा परे । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीसहित उपत्यकाका अधिकांश वृत्त, प्रभाग र प्रहरी चौकी खरानी भएका छन् ।

उपत्यकाबाहिर पनि धेरै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र चौकी आन्दोलनकारीले जलाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!