काठमाण्डौ । आईतबार राति काठमाण्डौको कीर्तिपुरमा चार जनाको समूहले एक युवामाथि सामूहिक कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटनाको CCTV फुटेजसमेत सार्वजनिक भएको छ जसमा पीडितलाई निर्मम रूपमा प्रहार गरिएको देखिन्छ।
स्थानीयवासीका अनुसार कुटपिटमा परेका युवक मधेशी समुदायका थिए। हालैको GenZ आन्दोलनपछि राजधानीमा मधेशी विद्यार्थी र युवामाथि रंगभेदी व्यवहार हुँदै आएको आरोपसमेत आएको छ।
समाजका विभिन्न क्षेत्रले यस्तो घटनाप्रति चिन्ता व्यक्त गर्दै विभेदपूर्ण गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन्। उनीहरूले जातीय, भाषिक वा भौगोलिक आधारमा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य रहेको उल्लेख गर्दै दोषीहरूलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
साथै, काठमाडौंमा बसोबास गर्ने सबैलाई आपसी एकता, सहकार्य र सद्भाव कायम राख्न पनि आह्वान गरिएको छ।
भिडियो श्राेत समाजिक सञ्जाल