२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घोराहीप उपमहानगरपालिका उपप्रमुख पदबाट राजिनामा दिएको छैन : हुमा डिसी उपमेयर

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आश्विन ०१, २०८२

दाङ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले पदबाट आधिकारिक राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ । नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित डिसिले हालैको जेन्जी आन्दोलनका क्रममा आफ्नो निवासमा समेत क्षति पुगेपछि सामाजिक सञ्जालमार्फत राजीनामा दिने अभिव्यक्ति दिनुभएको थियो । तर, उहाँले त्यसलाई औपचारिक राजीनामा ठान्न नहुने बताउनुभएको छ । भाद्र २३ र २४ गते घोराहीमा भएको जेन्जी आन्दोलनका क्रममा सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका नेताहरुको निजी संरचनामा व्यापक क्षति पुगेको थियो ।

सोही क्रममा उपप्रमुख डिसिको निवासमा पनि तोडफोड भएपछि उहाँले परिवारको सुरक्षा र पारीवारीक दबाबका कारण भावनात्मक रूपमा सामाजिक सञ्जालमा राजीनामा दिने कुरा उल्लेख गरेको स्पष्ट गर्नुभएको हो । “मैले सामाजिक सञ्जालमा तत्कालीन परिस्थितिको दबाबका कारण राजीनामा दिने भनेकी थिए, तर त्यो औपचारिक प्रक्रिया थिएन । म अझै जिम्मेवारीमै छु,” उपप्रमुख डिसिले घोराहीबाट प्रशारण हुने ‘दंगाली मनका कुरा’ कार्यक्रमका सञ्चालक ई.अनन्तराज घिमिरेसँगको अन्तर्वार्तामा यस्तो बताउनुभएको हो ।

उहाँले हालको विषम परिस्थितिमा परिवारको सुरक्षाप्रति चासो राख्दै काम गर्ने चुनौती भएको स्वीकार गर्नुभयो । तर, उपमहानगरको जनप्रतिनिधिको हैसियतले आफूमाथि रहेको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको पनि दोहो¥याउनुभयो । यो संगै आफु नियमित जनताको काममा फर्किएको बताउनुभयो । यसअघि सामाजिक सञ्जालमा राजीनामाको चर्चा चलेपछि घोराहीका नागरिकबीच विभिन्न टिप्पणी र अनुमान चलिरहेका थिए । उपप्रमुख डिसीको यस स्पष्टीकरणसँगै अब औपचारिक रुपमा राजीनामा नदिएको कुरा प्रष्ट भएको छ । उपमेयर डिसिले कांग्रेसबाट उम्मेद्वार बनेका भुपबहादुर डागिलाई झिनो मतले हराउनु भएको हो । आफ्नो राजिनामा घोषणा अहिले झुटाे रहेको भनेपछि हुमा आलोचित बन्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]