आगलागीमा परेकी झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटियो, डाक्टर
काठमाडौं । आन्दोलनका क्रममा आगलागीमा परेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत चित्रकारको संक्रमण फैलिन थालेपछि आज देब्रेहात काटिएको हो ।
उनको देब्रेहात कुहिनोदेखि तल काटिएको बताइएको छ । चिकित्सकका अनुसार, शरीरको १७ प्रतिशत भाग जलेको छ । उपचारकै कारण चित्रकार अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।
आन्दोलनकारीले काठमाडौंको कीर्तिपुरस्थित खनालको घरमा आगो लगाएका थिए । सोही क्रममा चित्रकार जलेकी थिइन् ।