२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कांग्रेसका सभापति देउवाको निजी सचिवालयले भनियो घरमा रहेको अन्डरग्राउन्ड पानी ट्याङ्की हो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।

बिहीबार जारी वक्तव्य जारी गर्दै सचिवालयका स्वकीय सचिव भानु देउवाले पार्टी र पार्टी नेतृत्वलाई बद्नाम गर्ने दूषित मनसायले प्रविधिको गलत प्रयोग गरी भ्रामक हल्ला फैलाइएको भन्दै त्यस्ता सूचनाको पछि नलाग्न आम नागरिक तथा पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

विज्ञप्तिमा जेन-जी आन्दोलनलाई धमिलो बनाउने र आफ्नो कुत्सित मनसाय पूरा गर्ने उद्देश्यले विभिन्न समूहहरूले भदौ २४ गते बिहानैदेखि आतंक सिर्जना गर्दै राजनीतिक दलका कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण गरेको भन्दै उक्त आपराधिक क्रियाकलापको भर्त्सना गरिएको छ।

सोही क्रममा सभापति देउवाको निवासमा प्रवेश गरी उनी, उनकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र छोरामाथि सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।

‘यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बद्नाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका थुप्राहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको‘ जस्ता समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सचिवालयले सामाजिक सञ्जालमा देखाइएको बंकर वा सुरुङ भनिएको संरचना वास्तवमा घरभित्र रहेको अन्डरग्राउन्ड पानी ट्याङ्की भएको स्पष्ट पारेको छ।

‘विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अन्डरग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङ्की रहेको स्पष्ट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सचिवालयले जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]