२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय दाङमा एक महिनाको अवधिमा एक सय भन्दा धेरै उजुरीहरु आयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिनामा विभिन्न प्रकृतिका एक सय तीन वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार उजुरी परेकामध्ये ४४ वटा फस्र्योट भएका छन् भने ५९ वटा पक्रियामा रहेका छन् ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार जसमा सबैभन्दा धेरै साधारण चोरीका १७ वटा, झुन्डी आत्महत्याका १६, अभद्र व्यवहारका १२, भवितव्य ज्यानका ११, लागूऔषधका सात, बैङ्किङ कसुरी छ, विषय सेवन गरी आत्महत्याका चार, जबर्जस्ती करणीका चार, फुटकर ज्यानका छ, सवारी ज्यानका पाँच, ठगी तीन, ज्यान मार्ने उद्योगका तीन, जबर्जस्ती करणी उद्योगका दुई, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन र जुवाका एक÷एक वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिना महिला तथा बालबालिकासम्बन्धी एक सय १७ वटा उजुरी परेका छन् । जसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४२ वटा, इलाका प्रहरी कार्यालय तुलसीपुरमा ५३ वटा, इलाका प्रहरी कार्यालय गढवा र भालुबाङमा ६÷६ वटा, इलाका प्रहरी कार्यालय खिलतपुर र वडा प्रहरी कार्यालय घोराहीमा चार÷चार वटा, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय अमिलियामा एक÷एक मुद्दा परेका छन् ।

एक सय ३४ फरार थुनुवा पक्राउ

जेन–जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका दुई सय ५३ जना कैदीबन्दीमध्ये एक सय ३४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक शाहका अनुसार भागेका दुई सय ३३ कैदीमध्ये एक सय २३ जना र २० जना थुनुवामध्ये ११ जना अहिलेसम्म पक्राउ परेका छन् । उनका अनुसार अहिले एक सय १० जना कैदी र नौ जना थुनुवा फरार रहेको बताए । पक्राउ परेका एक सय ३४ जना कैदीबन्दीमध्ये ४७ जना आफैँ कारागारको सम्पर्कमा आएको समेत जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]