२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

जिल्ला प्रहरी कार्यालय दाङमा एक महिनाको अवधिमा एक सय भन्दा धेरै उजुरीहरु आयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिनामा विभिन्न प्रकृतिका एक सय तीन वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार उजुरी परेकामध्ये ४४ वटा फस्र्योट भएका छन् भने ५९ वटा पक्रियामा रहेका छन् ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार जसमा सबैभन्दा धेरै साधारण चोरीका १७ वटा, झुन्डी आत्महत्याका १६, अभद्र व्यवहारका १२, भवितव्य ज्यानका ११, लागूऔषधका सात, बैङ्किङ कसुरी छ, विषय सेवन गरी आत्महत्याका चार, जबर्जस्ती करणीका चार, फुटकर ज्यानका छ, सवारी ज्यानका पाँच, ठगी तीन, ज्यान मार्ने उद्योगका तीन, जबर्जस्ती करणी उद्योगका दुई, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन र जुवाका एक÷एक वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिना महिला तथा बालबालिकासम्बन्धी एक सय १७ वटा उजुरी परेका छन् । जसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४२ वटा, इलाका प्रहरी कार्यालय तुलसीपुरमा ५३ वटा, इलाका प्रहरी कार्यालय गढवा र भालुबाङमा ६÷६ वटा, इलाका प्रहरी कार्यालय खिलतपुर र वडा प्रहरी कार्यालय घोराहीमा चार÷चार वटा, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय अमिलियामा एक÷एक मुद्दा परेका छन् ।

एक सय ३४ फरार थुनुवा पक्राउ

जेन–जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका दुई सय ५३ जना कैदीबन्दीमध्ये एक सय ३४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक शाहका अनुसार भागेका दुई सय ३३ कैदीमध्ये एक सय २३ जना र २० जना थुनुवामध्ये ११ जना अहिलेसम्म पक्राउ परेका छन् । उनका अनुसार अहिले एक सय १० जना कैदी र नौ जना थुनुवा फरार रहेको बताए । पक्राउ परेका एक सय ३४ जना कैदीबन्दीमध्ये ४७ जना आफैँ कारागारको सम्पर्कमा आएको समेत जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!