२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यसपाली ज़िन्दगीले पनि हल्का कोल्टे फेर्यो, अस्पतालमा श्रीमतिको हेरचार गर्दै गायक शर्मा

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

 

काठमाडौं । मेरी श्रीमती रीतु विसन्ची भईन्। स्तन क्यान्सरको उपचार शुरू भाको २ हफ्ता भो। जिवनमा, न कैले कुनै कुराको नशा,अम्मल लिईन् न कसैको मन नै दुखाईन् तर पनि तकदीरमा भाको कुरा भोग्नैपर्दोरैछ, भन्नी त होला।
यसै विच राम्रा कुराहरू पनि छन्। हाल डा. सुदिप श्रेष्ठको टिमबाट उनको उपचार भईराकोछ। उपचारका निम्ति हामी आर्थिक रूपमा सक्षम छौ।
दशैं पनि आईसक्यो। दोस्रो Chemotherapy पछि घर भैरहवा जानी कुरा छ। मिले सम्म गाउँ त्रिवेणी र उनको माईत कपिलवस्तु पनि पुग्ने कुरा छ। केहि राम्रा गीतहरू रेकर्ड पनि भाकाछन्। म्युजिक भिडियो पनि बनेकाछन्।केहि सॉंगितिक कार्यक्रमका कुरा पनि छन्। आफु जस्तोसुकै परिस्थितीमा भए पनि, दर्शक/श्रोतासँग खुशी देखिनैपर्ने पेशा छ।
जस्तोसुकै दुखःमा पनि स-साना खुशी खोज्दै सुख मान्नुको विकल्प छैनरैछ जिन्दगीमा।

अस्पतालमा अन्य बिरामीलाई हेरेर हाम्ले मन बुझाउँन थाल्दैछम। शायद अरूले पनि हाम्लाई हेरेर मन बुझाउँदाहोलान।

हाम्रो देश पनि त विसन्चो छ। पहिला देश निको होस्। देश निको भए, हामी सधैं निकै नै छम नि?

(तपैको परिवारमा पनि यस्तो समस्या तथा उपचार अनुभव भए Share गर्नुहोला है।)
श्रोत गायक हेमन्त शर्मा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]