२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आतंक मच्चाउँदै आएको ४ जना मान्छे मारेको एउटा बाघ शुक्रबार बिहान नियन्त्रणमा आयो,

Logo
श्रवण सराफ प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

पर्सा । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको एउटा वयस्क बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । पछिल्लो समय तीन जनाको ज्यान लिइसकेको यो बाघलाई समात्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।

बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोली परिचालन गरिएको थियो । पर्सा राष्ट्रिय निकुञ्ज, नेपाल आर्मी, नेपाल प्रहरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष सुभाष श्रेष्ठ र वडा नम्बर २२ का अध्यक्ष शेखर काजी रुम्बासहितको टोलीले हात्तीको सहयोगमा बाघको खोजी गरिरहेको थियो ।

निरन्तरको प्रयासका बावजुद पटकपटक असफल भएको यो टोलीले अन्ततः शुक्रबार बिहान बाघलाई जालमा पार्न सफल भएको हो । बाघ समातिएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् । मान्छे खाने बाघ नियन्त्रणमा आएपछि यस क्षेत्रमा सुरक्षाको प्रत्याभूति बढेको छ । नियन्त्रणमा लिइएको बाघलाई अब निकुञ्ज प्रशासनले आवश्यक व्यवस्थापन गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]