२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङ प्रहरीले आन्दोलनमा तोडफोड,आगजनी र लुटपाटमा संलग्नको फोटो भिडियो पहिचान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

दाङ । प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान र खोजी कार्यलाई अगाडि बढाएको छ । दाङ जिल्ला प्रहरीले कार्यालयमा आयोजित पत्रकार सम्मेलानमा गत भदौ २४ गते जिल्लाका विभिन्न ठाउँमा भएको तोडफोड, आगजनी र लुटपातमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो र प्रत्यक्षदर्शीको सूचनामाथि अनुसन्धान गर्दै तोडफोड, आगजनी र लुटपातमा संलग्नको पहिचान गर्ने कार्य भइरहेको छ’–प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवम् उक्साउनेहरूको सूची तयार गरिहेका छौँ ।’

अनुसन्धान जारी रहेकाले यस विषयमा थप कुरा गोप्य राखिएको समेत उनले बताए । आन्दोलनका क्रममा चोरी गरिएका सामग्री फिर्ता ल्याउनेको तीनपुस्ते विवरण सङ्कलन गरेर छोड्ने योजना प्रहरीको छ । घटनामा संलग्नहरूको बारेमा सूचना दिन नागरिकलाई आग्रहसँगै प्रहरीले बिलविजक नभएका कुनै कम्प्युटर, ल्यापटव, प्रिन्टर, टेवल, कुुर्सी, डेक्स, टिभीलगायतका सामग्री खरिद नर्गन समेत व्यवसायी वा नागरिकलाई अनुरोध गरेको छ ।

चोरीका सामग्री बिक्री हुनसक्ने ठाउँहरूको सूक्ष्म रूपमा निगरानीसमेत भइरहेकाले खरिद बिक्री नगर्न आग्रह गरिएको प्रहरी प्रमुख तिमिल्सिनाले बताए । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘प्रहरीले सार्वजनिक रूपमा सूचना जारी गरेरसमेत घटनामा संलग्नबारे सूचना माग गरेको छ । फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरीसमेत दिन माग गरेको छौँ ।’ तर जिल्लामा अहिलेसम्म कतैबाट उजुरी नपरेकाले कारबाहीको प्रक्रिया अघि बढाउनसमेत समस्या भएको उनको भनाइ छ ।

उनका अनुसार सुरक्षा निकायका सबै अङ्गहरू सूचना सङ्कलन र पहिचानमा जुटेका छन् । आन्दोलनका क्रममा दाङ जिल्ला प्रहरी कार्यालय मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र घोराहीको बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीमा तोडफोडसँगै आगजनी भएको छ । त्यस क्रममा प्रहरीका गाडी तोडफोड र आगजनीसँगै तीन जना प्रहरीसमेत घाइते भएका छन् । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीको पुनःनिर्माणको काम भइरहेको भन्दै बुधवारदेखि ट्राफिक प्रहरीसमेत नियमित ड्युटीमा फर्किएको छ ।

यसैबिच प्रहरी उपरीक्षक तिमिल्सिनाले घोराही र तुलसीपुरमा तोडफोडपछि बेपत्ता पारिएको वीपी कोइरालाको शालिकको समेत खोजी भइरहेको बताए । ‘जेन–जी आन्दोलनका क्रममा तोडफोडपछि बेपत्ता पारिएको शालिकको प्रहरीले खोजी गरिरहेको छ’, प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘जिल्लाका सबै प्रहरी युनिटलाई जानकारी गराई सूचना लिन भनेका छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]