२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाउन्नेमा फ़ेरि पहिरो गयो सडक अवरोध,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

 

चितवन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार रातीदेखि नै पहिरो झर्ने क्रम नरोकिएसँगै यातायात सञ्चालनमा अवरोध पुगेको हो ।

प्रहरी कन्ट्रोल रुमका अनुसार बिचबिचमा पहिरो पन्छाएर सवारी साधन क्रस गराउने काम हुँदै आए पनि पहिरो झर्ने क्रम नरोकिएकोले दुवैपट्टि लामो जाम छ ।

सोही कारण पश्चिमतर्फ हिजो हिँडेका सवारी साधन अझै पनि दाउन्ने कटेर आउन सकेका छैनन् भने चितवनतर्फ पनि लामो लाइन छ ।

उता बिपी राजमार्गको चौकीडाँडामा पनि सडक अवरुद्ध छ । अस्थायी रूपमा निर्माण गरिएको एकतर्फी सडक समेत वर्षाका कारण अवरुद्ध भएकोले सो स्थानमा समेत लामो लाइन लागेको प्रहरीले जनाएको छ ।

दसैँ नजिकिएसँगै यतिबेला राजमार्गमा चाप पर्न थालेको छ । विद्यालय तथा विश्वविद्यालयको पठनपाठन बन्द भएकोले यतिबेला अघिल्ला वर्षहरू भन्दा छिटै उपत्यकाबाट बाहिरिने क्रम बढ्दै गएको अवस्थामा पूर्व र पश्चिम जोड्ने सडकमा अवरोध पुगेको हो । यसले दसैँसम्मकै सेड्युलमा असर पर्न सक्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातन्त्री कुलमान घिसिङले चाडबाडमा राजमार्गको सहज सञ्चालनका सम्बन्धमा शनिबार सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेका छन् ।

सरोकारवाला भने राजमार्ग खुलाउन पर्याप्त हेभी इक्विपमेन्ट र जनशक्ति व्यवस्था नगरेको गुनासो गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!