२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुडानको एक मस्जिदमा ड्रोन आक्रमणमा परी ७० भन्दा बढी मानिसको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

बीबीसी श्रोत शुक्रबार अल–फशेर शहरमा भएको आक्रमणका लागि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाइएको छ। तर उक्त समूहले जिम्मेवारी लिएको छैन।

आरएसएफ र सेना दुई वर्षभन्दा बढी समयदेखि भीषण गृहयुद्धमा फसेका छन्। अर्धसैनिक बलहरूले जमिन कब्जा गरिरहेका छन्। सम्पूर्ण अल–फशेरको नियन्त्रण कब्जा गर्ने प्रयास गरिरहेका छन्।

यो शहर दारफुरमा सेनाको अन्तिम गढ हो। यहाँ तीन लाखभन्दा बढी नागरिक फसेका छन्।

एक स्थानीय बासिन्दाले बीबीसीलाई बताएअनुसार बिहानको प्रार्थनाको समयमा ड्रोन खस्यो र दर्जनौँ मानिस घटनास्थलमै मारिएका थिए।

चिकित्सा स्रोतहरूले ७८ जनाको मृत्यु भएको र करिब २० जना घाइते भएको बताएका छन्। भवनको भग्नावशेषबाट शव निकाल्ने काम अझै जारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]