२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जेनजी आन्दोलनको क्रममा लुटपाटमा संलग्न थप एक जना बाँके प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन ०४, २०८२

बाँके । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा आगजनी र तोडफोडका क्रममा सोफा चोरेर लगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिल पक्राउ परेका छन् ।

योसँगै बाँकेमा भदौ २४ गते आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न तीन जना व्यक्ति पक्राउ परिसकेका छन् । आगजनीमा संलग्न भएको आरोपमा यसअघि जयसपुरका शालिकराम पाठक र दिपक टमाटालाई पनि प्रहरीले पक्राउ गरेको थियो । अन्य शङ्कास्पद व्यक्तिहरूको पहिचान गर्ने र खाजी गर्ने कार्य चलिरहेको प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत संरचनामाथि आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीलाई लिखितरूपमा निर्देशन दिइसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विध्वंस मच्चाउने कसैलाई नछोडिने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।