०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बाँके प्रहरीले आन्दोलनको नाममा तोडफोड आगजनी र लुटपाट गर्नेको खोजीकार्य जारी ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन ०५, २०८२

बाँके । जिल्ला प्रहरी बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार जेनजीको आडमा सरकारी कार्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने जयसपुरका शालिकराम पाठक, दीपक टमटा र कोरियनपुरका मोहम्मद आदिललाई पक्राउ गरिएको छ।


भदौ २३ र २४ गते भएको आन्दोलनमा बाँकेका करिब दुई दर्जन सरकारी तथा पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला र उच्च अदालत, राजस्व कार्यालय कोहलपुर, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय, नापी र मालपोत कार्यालयलगायतका कार्यालयबाट लुटिएका सामग्री फिर्ता गर्न सूचना जारी भएपछि केही सामान फिर्ता भएको छ।

बाँके प्रहरीले उपलब्ध भिडियो फुटेज हेर्दै तोडफोड, आगजनी र लुटपाटमा संलग्न अन्य व्यक्तिलाई पक्राउ गर्ने अभियान अघि बढाएको जनाएको छ। तर, आन्दोलनका क्रममा भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!