२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ईप्रका जमुनाहाका प्रमुख उपेन्द्र बुढाथोकीको नेतृत्वमा सुरक्षा व्यवस्थापनको उदाहरणीय कामको प्रशंसा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहा बाँके प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीको नेतृत्वमा सुरक्षा व्यवस्थापनको उदाहरणीय काम चौतर्फी प्रशंसा गरिएको छ। जेनजी आन्दोलनका क्रममा सीमाक्षेत्रकै धेरै सरकारी कार्यालयहरु तोडफोड र आगजनीजस्ता घटनाहरु भएका थिए, तर बुढाथोकीको सशक्त नेतृत्वमा आफ्नो कार्यालय सुरक्षित राख्न सफल भएका छन्।कार्यालयको भौतिक सुरक्षा मात्र सुनिश्चित गर्नुमा सीमित नभई, पर्व र चाडपर्वको बेला स्वदेश फर्किने नेपाली नागरिकको सहज आवागमनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्। भारतीय सुरक्षाकर्मीहरूसँग निरन्तर समन्वय गर्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा नाकाबाट फर्कने नेपालीलाई सहज र सुरक्षित तरिकाले नेपाल प्रवेश गराउन सक्ने व्यवस्था मिलाएका छन् ।

स्थानीयसँगको सहकार्य पनि प्रहरी निरीक्षक बुढाथोकीको सुरक्षात्मक रणनीतिको प्रमुख आधार बनेको छ। स्थानीय बासिन्दाहरुका अनुसार, बुढाथोकीले कमाण्ड सम्हालेपछि नाका क्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय सकारात्मक प्रभाव परेको छ। उनी आफ्नो जिम्मेवारीलाई मात्र होइन, समुदाय र सुरक्षा संयोजनबीचको पुलको भूमिका पनि निभाइरहेका छन् ।

प्रहरी निरीक्षक बुढाथोकीको सक्रियता र स्थानीयसँगको समन्वयले केवल प्रहरी संगठनको छवि बलियो मात्र बनाएको छैन, नागरिकहरुलाई पनि विश्वासिलो सुरक्षा अनुभव गराएको छ। प्रहरी निरीक्षक बुढाथोकीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै,अगाडि बढाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]