२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

काठमाडौं उपत्यकाको सडकमा राख्यो ट्राफिक कोन र रिट्रयाक्टेबल बार ट्राफिक नियमित काममा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।
आर्थिक वर्ष २०८० /८१ मा नै यी सामग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो, जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।नेपालमै उत्पादन भएका यी सामाग्रीहरू अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका हुन्।

सहायक विज्ञ (ट्राफिक इन्जिनियरिङ) अनुकुल निधिका अनुसार, ९०-१०० से.मी. अग्ला र ३-५ केजी तौलका कोनहरू राति पनि स्पष्ट देखिने र सजिलै नहटाइने छन्। एक सेटमा दुई कोन र २ मिटर लामो बार हुन्छ।

पहिले-पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए ।पहिलो चरणमा सिंहदरबार-भद्रकाली, सिंहदरबार-माइतीघर र पद्मोदय मोड क्षेत्रमा प्रयोग गरिएको छ।
कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

error: Content is protected !!