०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

काठमाडौं उपत्यकाको सडकमा राख्यो ट्राफिक कोन र रिट्रयाक्टेबल बार ट्राफिक नियमित काममा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।
आर्थिक वर्ष २०८० /८१ मा नै यी सामग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो, जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।नेपालमै उत्पादन भएका यी सामाग्रीहरू अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका हुन्।

सहायक विज्ञ (ट्राफिक इन्जिनियरिङ) अनुकुल निधिका अनुसार, ९०-१०० से.मी. अग्ला र ३-५ केजी तौलका कोनहरू राति पनि स्पष्ट देखिने र सजिलै नहटाइने छन्। एक सेटमा दुई कोन र २ मिटर लामो बार हुन्छ।

पहिले-पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए ।पहिलो चरणमा सिंहदरबार-भद्रकाली, सिंहदरबार-माइतीघर र पद्मोदय मोड क्षेत्रमा प्रयोग गरिएको छ।
कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!