ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीज्यूले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन, प्रभावकारी सामुदायिक साझेदारी कार्यक्रम मार्फत अपराध नियन्त्रण र न्युनीकरणमा जोड दिन,विपदजन्य घटना न्युनीकरण गर्न तदारुकताका साथ खटिन,ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन,फिल्डमा खटिएका प्रहरीले विश्वसनीय सूचना सङ्कलन गरी सोही अनुसार रिपोर्टिङ्ग गरी जनमुखी र नागरिकको भावना अनुसारको कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भएको छ।