काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान गरेको छ ।मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी हतियार फिर्ता गर्न सर्वसाधरणलाई आग्रह गरेको हो ।
असोज मसान्तभित्र हतियार बुझाए कानुनी कारबाही नहुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।
आन्दोलनका क्रममा प्रहरीका एक हजारभन्दा धेरै हतियार लुटिएको थियो । अहिले काठमाडौंबाट लुटिएका प्रहरीका हतियार विभिन्न जिल्लाबाट बरामद भइरहेका छन् । बुधबार मात्रै कैलालीबाट दुईवटा पेस्तोलसहित चारजना पक्राउ परेका थिए ।