२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन ११, २०८२

म्यादी । बेनी नगरपालिका ८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!