२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कानुन बिपरितका गतिबिधि सबै नियन्त्रणमा आउने, दाङका एसपी दिपक श्रेष्ठले कार्यभार सम्हाले

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १२, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दिपक श्रेष्ठले शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रम गरे । उनले आफु दाङलाई कार्यक्षेत्र बनाएर काम गर्न आएको र चाडपर्ब लक्षित सुरक्षा योजना बारे जानकारी दिन पत्रकारलाई डाके । तर, पत्रकारहरुले नयाँ प्रहरी प्रमुख श्रेष्ठलाई मुल संङ्लो भए प्रहरीको चुस्तदुरुस्त सेवा झल्किने सुझाब दिए ।

प्रहरीमा परेका मुद्धाको सहजिकरण गर्न विभिन्न बहाना बनाएर आउने भिआइपि बिचौलियालाई निषेध गर्न सके मात्रै पिडितले न्याय पाउन सक्ने पत्रकार ओपेन्द्र बस्नेतले एसपि श्रेष्ठलाई सल्लाह दिए । अर्का पत्रकार अमर क्षितिज भण्डारिले कुनै बेला दाङको प्रहरी प्रमुख भइ हाल आईजिपिबाट अनिबार्य अबकाशमा गएका धिरजप्रताप सिंहको पालामा जस्तो शान्तिसुरक्षा कायम गर्न र प्रहरी प्रमुख बिभीन्न भनसुनका नाममा तल्ला प्रहरी युनिटलाई अनाबश्यक दबाब नदिए मात्रै पनि सुरक्षा मजबुत बनाउन सकिने बताए । उनले सिंहको कार्यकालमा दाङमा तल्ला प्रहरी युनिट पनि आफै एसपि सरह नै जिम्मेवारीमा खटिने गरेको अनुभब सुनाए।

त्यस्तै भण्डारिले पत्रकारका नाममा गलत धन्दा गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरे । अन्य पत्रकारहरुले पत्रकारहरु सुचनाको भोको हुने भन्दै छिटाे छरितो सुचना आदान प्रदान हुने बाताबरण बनाउनु पर्ने बताएका थिए । साथै पत्रकारहरुले जेनजि आन्दोलनकाक्रममा आगजनिसहित तोडफोडमा संलग्नलाई कानुनि दायरामा ल्याई कारबाही गरेर शान्तीसुरक्षा अझै थप बलियो बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा एसपि श्रेष्ठले आफुले पेशागत जिम्मेवारी अनुसार काम गर्ने र कानुन बिपरितका गतिबिधि सबै नियन्त्रणमा आउने बताए ।

जेनजि आन्दोलनकाक्रममा कानुन बिपरित हर्कत गर्ने जो कोहि पनि ढिलोचाडाे कानुनि दायरामा आउने बताए । सरकारले आयोग बनाएर कारबाहीको दायरामा ल्याउन खोजेकाले आफुहरुले क्षतिको मुल्यांकन गरेर घटनामा संलग्नहरुको भिडियो फुटेज पठाइ दिने उनले बताए । श्रेष्ठ यसअघि घोराहीकै नगर प्रहरी प्रमुख भई काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!