२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पीडित मैत्री सेवा सुरक्षा प्रदान गर्ने कसैको दबाव र प्रभावमा नपर्ने स्पष्ट पारे, बाँके एसपी अंगुर जिसी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १२, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा उनले कसैको दबाव र प्रभावमा नपर्ने स्पष्ट पारे ।

उनले सर्वसाधारणलाई सुरक्षाको अनुभूति हुने गरि सुरक्षा प्रदान गरिने बताउँदै उनले सरकाले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । ’म कसैको दवाव र प्रभावमा पर्दैन । मबाट कुनै कमी कमजोरी भए कार्यालयमा आएर गुनासो टिपाउनु होला,’ उनले भने ।

उनले जेन जी आन्दोलनबाट नेपाल प्रहरीलाई धेरै क्षेती पुगेपनि जुर्मुराएर उठेको बताउँदै उनले युवाको जायज मागलाई सम्बोधन गरिनु पर्ने बताए । नेपाल प्रहरीले २०४६, २०६२–०६३ को परिवर्तन, माओवादी द्वन्द्व भोगेको छ । त्यति बेला पनि नेपाल प्रहरीले क्षेती व्यहोर्न परेको थियो । क्षेती व्यहोरे पनि नेपाल डगमगाउँदैन,’ एसपी जिसीले भने, ’हामी उठिसकेका छौं । पहिलेको जस्तै काममा फर्की सकेका छौ ।’

उनले नेपालगञ्जमा चोरीको हल्ला फैलाइएको बताउँदै यसमा कुनै सत्यता नभएको जिकिर गरे । ’चोरको बिगबिगी भएको हल्ला सुनेपछि यसको अनुसन्धानमा म हिँडे । रातभर हिँड्दासमेत कहीं कतै केहि फेला पार्न सकेन,’ उनले भने, ’शान्ति, सुरक्षाको लागि म दैनिक ३–४ घण्टा मात्र सुत्छु ।’

उनले निर्धक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै गैर कानुनी काम गर्नेलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । पीडितलाई न्याय र पिडकलाई सजाय दिएरै छाड्छु । यो या त्यो बहानामा उन्मुक्त्ति दिइने छैन । यो मेरो प्रतिबद्धता हो,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!