०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

पीडित मैत्री सेवा सुरक्षा प्रदान गर्ने कसैको दबाव र प्रभावमा नपर्ने स्पष्ट पारे, बाँके एसपी अंगुर जिसी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १२, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा उनले कसैको दबाव र प्रभावमा नपर्ने स्पष्ट पारे ।

उनले सर्वसाधारणलाई सुरक्षाको अनुभूति हुने गरि सुरक्षा प्रदान गरिने बताउँदै उनले सरकाले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । ’म कसैको दवाव र प्रभावमा पर्दैन । मबाट कुनै कमी कमजोरी भए कार्यालयमा आएर गुनासो टिपाउनु होला,’ उनले भने ।

उनले जेन जी आन्दोलनबाट नेपाल प्रहरीलाई धेरै क्षेती पुगेपनि जुर्मुराएर उठेको बताउँदै उनले युवाको जायज मागलाई सम्बोधन गरिनु पर्ने बताए । नेपाल प्रहरीले २०४६, २०६२–०६३ को परिवर्तन, माओवादी द्वन्द्व भोगेको छ । त्यति बेला पनि नेपाल प्रहरीले क्षेती व्यहोर्न परेको थियो । क्षेती व्यहोरे पनि नेपाल डगमगाउँदैन,’ एसपी जिसीले भने, ’हामी उठिसकेका छौं । पहिलेको जस्तै काममा फर्की सकेका छौ ।’

उनले नेपालगञ्जमा चोरीको हल्ला फैलाइएको बताउँदै यसमा कुनै सत्यता नभएको जिकिर गरे । ’चोरको बिगबिगी भएको हल्ला सुनेपछि यसको अनुसन्धानमा म हिँडे । रातभर हिँड्दासमेत कहीं कतै केहि फेला पार्न सकेन,’ उनले भने, ’शान्ति, सुरक्षाको लागि म दैनिक ३–४ घण्टा मात्र सुत्छु ।’

उनले निर्धक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै गैर कानुनी काम गर्नेलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । पीडितलाई न्याय र पिडकलाई सजाय दिएरै छाड्छु । यो या त्यो बहानामा उन्मुक्त्ति दिइने छैन । यो मेरो प्रतिबद्धता हो,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!