बाँके नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ब्रोईलर कुखुरा बाँके प्रहरीले बरामद गरेको छ।
स्थानीय गणेश कवडीयाले चलाएको साईकलमार्फत ल्याइँदै गरेको ४० वटा ब्रोईलर कुखुरा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद कुखुराको अनुमानित मूल्य करिब रु. २५,६०० बराबर रहेको बताइएको छ।
बरामद गरिएका कुखुरा तथा साईकलसहित निजलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ।