२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मुग्लिन नारायणगढ सडकखण्डमा फेरि पहिरो जाँदा यात्रुहरु बाटोमै अलपत्र

Logo
Abc Sanchar प्रकाशित सोमबार, आश्विन १३, २०८२

काठमाडौं । दिउँसो १२ बजेतिर पहिरो गएको थियो। त्यसलगत्तै पहिरो हटाउने प्रयास भएको भए पनि निरन्तर पहिरो खस्दा हटाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।अहिले यात्रुहरू सडकमै रोकिएका छन्। पहिरो पन्छ्याउनका लागि सडक चारवटा मेशिनको प्रयोग गरिएको छ।

अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टापछि मात्र सडक सञ्चालनमा आएको थियो। अहिले पहिले जस्तो ठूलो पहिरो नआएकाले छिट्टै हटाउन सकिने भए पनि निरन्तर पहिरो खस्दा समस्या देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]