०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

डम्बरबहादुर विक संघर्ष,समर्पण र इतिहास रच्ने एक प्रहरी अधिकृत डिआइजी र एआइजीमा बढुवा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन १५, २०८२

दाङ । नेपाल प्रहरीको इतिहासमै पहिलोपटक दलित समुदायबाट डम्बरबहादुर विक अतिरिक्त महानिरीक्षक (एआइजी) बनेका छन् । आइतबार बसेको बढुवा समितिले उनलाई एआइजी पदमा सिफारिस गरेको हो, जसले नेपाली समाज र प्रहरी संगठनमा नयाँ इतिहास रचेको छ।

को हुन् विक ?
दाङको सानो गाउँमा जन्मिएका विकको बाल्यकाल चुनौतीपूर्ण रह्यो। आमाबुबा असमयमा गुमाएपछि परिवारको हेरचाह उनका दाजु–सुनार खड्गबहादुरले गरे। कठिन परिस्थितिका बाबजुद विकले पढाइ जारी राखे र काठमाडौं आएर प्रहरी सेवामा आफूलाई समर्पित गरे।

२०५३ साल पौष ५ गते राष्ट्रिय अनुसन्धान विभागमा अधिकृतको रूपमा सेवा सुरु गरेका विक केही वर्षमै नेपाल प्रहरीले निरीक्षक (इन्सपेक्टर)को दर्जामा समाहित भए। सुर्खेत, सिरहा, फर्पिङलगायत विभिन्न जिल्लामा काम गरेपछि उनले डिएसपी र एसपी हुँदै वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मको यात्रा तय गरे।

इन्सपेक्टर हुँदा उनले सुर्खेत, सिरहा, फर्पिङलगायतका विभिन्न ठाउँमा काम गरे । त्यसपछि डिएसपी बनेर धादिङ, प्यूठान र ओखलढुंगामा प्रहरी प्रमुखको नेतृत्व सम्हाले ।

एसएसपी हुँदा संगठनमा छवि बनाएका विकलाई २०८१ साल मंसिर ९ गते बढुवा समितिले नायब प्रहरी महानिरीक्षक (डिआइजी) मा सिफारिस गर्‍यो । दलित समुदायबाट पहिलो डिआइजी बनेका उनी फेरि एआइजीमा उक्लिँदै अर्को माइलस्टोनमा पुगेका छन् ।

डिआइजी र एआइजीमा ऐतिहासिक बढुवा

२०८१ साल मंसिर ९ गते बढुवा समितिले विक डिआइजीमा बढुवा भएका थिए। यसअघि दलित समुदायबाट प्रहरी नेतृत्वमा डिआइजी स्तरमा पुग्ने अवसर कहिल्यै थिएन। डिआइजी पदपछि एआइजीमा बढुवा हुँदा विक फेरि इतिहास रचेका छन्।

नेपाल प्रहरीको नेतृत्व तहमा दलित समुदायको प्रतिनिधित्व निकै न्यून थियो । यसअघि गोविन्दराम परियारजस्ता अधिकारीहरू एसपीसम्म पुगेका थिए भने विकले डिआइजी हुँदै अब एआइजी बन्ने अवसर पाए । यसले दलित समुदायलाई मात्र होइन, समग्र संगठनभित्र समावेशी नेतृत्वको महत्त्वलाई पनि नयाँ धारणा दिएको छ ।

समाज र संगठनका लागि प्रेरणा

विकले मात्र आफ्नो यात्रा सफल बनाएका छैनन्, उनी दलित समुदायका लागि पनि प्रेरणाको स्रोत बनेका छन्। प्रहरी सेवामा समावेशीता र समान अवसरको महत्वलाई बल पुर्‍याउँदै, उनी संगठनभित्र सकारात्मक परिवर्तनको प्रतीक बनेका छन्।

विक हालका एआइजी सिद्दी विक्रम शाहका ब्याचमेट हुन्। उनीसँगै सुशील सिंह राठौर, उमा चतुर्वेदी र हिमालय कुमार श्रेष्ठलाई पनि एआइजी बढुवामा सिफारिस गरिएको छ।

डम्बर विकको यो यात्रा संघर्ष, समर्पण र नेतृत्वको मिसाल बनेको छ, जसले नेपालको प्रहरी संगठनमा समावेशी नेतृत्व र सामाजिक न्यायको सन्देश फैलाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!