२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

हेटौंडा कान्ति लोकपथमा असोज १७ देखि २० गतेसम्म सडक अबरुद्ध सवारी साधनमा रोक,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन १६, २०८२

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयले तीन दिन रातिको समयमा सवारी साधन सञ्चालन रोक्ने निर्णय गरेको छ।

प्रशासनको निर्णयअनुसार हेटौंडा हुँदै ललितपुर निस्कने कान्तिलोकपथमा भोलि असोज १७ देखि २० गतेको बीचमा बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म अर्थात् रातको समयमा सवारी आवागमन बन्द रहनेछ।

यस्तै, हेटौंडा–भैँसे–काठमाडौं सडक खण्डमा भने असोज १७ गतेदेखि २० गतेको बीचमा बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन रोक्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।

मौसम विज्ञान विभागले असोज १५ गते जारी गरेको पूर्वानुमान सूचनामा उच्च वर्षा र पहिरोको सम्भावना रहेको चेतावनी दिएकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!