२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

विजया दशमीको भोलिपल्ट अर्थात् टीकाको दोस्रो दिन शुक्रबार पनि देशभर दशैँको रौनक कायमै,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आश्विन १७, २०८२

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।

खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ ।

दशैँघर वा पूजा कोठामा नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउन आफन्तजन तथा मान्यजनकोमा जानेको चहलपहल बढेको छ । विशेषगरी घटस्थापनाका दिन वैदिक विधिपूर्वक स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिन हर्षोल्लासका साथ मनाइएको विजयादशमी पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम बिहीबार सुरु भएको थियो । बिहीबार टीका????? लगाउन नभ्याएका वा टाढा रहेका आफन्तजनकोमा जान नपाएकाहरूले आज पनि टीका थाप्ने क्रम जारी राखेका छन् ।

कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सकिने भएकाले दशैँको यो उल्लास अझै केही दिन कायम रहनेछ । राजधानी लगायतका प्रमुख शहरहरूमा टीका लगाउन हिँडेका र आफन्त भेटघाटमा व्यस्त रहेका सर्वसाधारणको भीडले बजारमा छुट्टै चहलपहल थपेको छ ।

दशैँले ल्याएको खुसी र सद्भावको यो पर्व नेपाली संस्कृतिमा एक विशेष महत्व राख्दछ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडा दशैँ समाप्त हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।