२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

ललितपुर जिल्लाका सीडीओले गरे चोभार गल्छी अनुगमन,जोखिम स्थानबाट हट्न प्रहरीको माइकिङ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १७, २०८२

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ ।स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए ।

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुखसहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो ।

‘अहिले तत्काल गर्न सकिने थप केही छैन । हाम्रो प्राथमिकता भनेको जनधनको सुरक्षा कसरी गर्ने भन्ने मात्र हो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई केही दिन सुरक्षित स्थानमा जान भनेका छौं ।’

उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए ।
नक्खु सहित काठमाडौं उपत्यकाका खोलानालाको एक मात्र निकास चोभार गल्छी हो । प्राचीन समयमा काठमाडौं उपत्यकामा रहेको तलाउको पानी चोभारको डाँडो काटेर बाहिर पठाई बस्ती बसालेको किंवदन्ती छ । डाँडो काटेको भनिएको ठाउँ साँघुरो छ । त्यहाँबाट पानी निकास कम हुने हुँदा काठमाडौं उपत्यकाका नक्खु, कुलेश्वर, बल्खु, थापाथली, शंखमूल लगायत भूभाग हरेक वर्षायाममा डुबानमा पर्दछन् ।

गत वर्ष २०८१ सालको असोज १० देखि १३ गतेभित्र काठमाडौं उपत्यकाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि बस्तीहरू डुबानमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!