२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रभावित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन १८, २०८२

 

काठमाडौं । लुक्ला जाने अधिकांश उडानहरू रद्द वा ढिला भएका छन्, जसमा समिट एयरका उडानहरू पनि परेका छन्।

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्।

शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७:२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र तारा एयरका लुक्ला गन्तव्यका सबै उडान ‘मौसमी कारण’ देखाउँदै ढिला भएका छन्। बुद्ध एयर, यति एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका अन्य गन्तव्यतर्फका उडान भने आंशिक ढिलाइसँगै भइरहेको देखिएको छ।

बुद्ध एयरका भद्रपुर, भैरहवा, धनगढी, जनकपुर, विराटनगर, पोखरा र भरतपुर गन्तव्यका उडानमध्ये कतिपय ‘बोर्डिङ’ मा छन् भने केही ढिलो प्रस्थान भएका छन्। श्री एयरलाइन्सका सुर्खेत र नेपालगन्जतर्फका उडान पनि मौसमका कारण करिब दुई घण्टासम्म ढिलाइ भएको छ।

नेपाल एयरलाइन्सको इलाम गन्तव्यको नेपाल एयरलाइन्सको उडान ढिला भए पनि फाप्लु र खानीडाँडातर्फका उडान सम्पन्न भएको जनाइएको छ। विमानस्थलका अनुसार मौसममा सुधार भएसँगै अन्य उडान सञ्चालनमा ल्याइने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!