२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सरकारी कर्मचारी र प्रहरीलाईलाई निर्देशन दिने सुदन गुरुङ को हुन ? प्रधानमन्त्री या मन्त्री ?

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १९, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा ‘जेनजी’का नेता तथा हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ सक्रिय रूपमा सहभागी भएका छन्।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशप्रसाद भट्टसहितको उपस्थितिमा भएको उक्त बैठकमा गुरुङले विपद् उद्धार र राहतसम्बन्धी विषयमा ठाडो निर्देशन दिएका छन्।

बैठकको क्रममा गुरुङले प्रभावित क्षेत्रका पीडितहरूको पहिचान तत्काल गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “जहाँ-जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुनुपर्‍यो नि। तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ। बरु राज्यले के गर्नुपर्छ, त्यसमा पछि हेर्दिउँला। अहिले त रासनपानी मिलाइदिनु पर्ला, किनभने त्यहाँ खाना छैन।”

उनले उद्धार कार्यमा एम्बुलेन्सलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। गुरुङले भने, “कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्योल गर्नुपर्‍यो। त्यसपछि उद्धार गर्नुपर्‍यो।”

बैठकमा उनले प्राधिकरणसँग उपलब्ध टेन्टको अवस्थाबारे पनि सोधेका थिए। जवाफमा प्रमुख कार्यकारी अधिकृत भट्टले “केही टेन्टहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा छन्, बाँकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ,” भनेर जानकारी दिएका थिए।

गुरुङले सशस्त्र प्रहरीको ‘रिलोकेसन सेन्टर’मा रासनलगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए। उनले स्वास्थ्य शिविर सञ्चालन र हवाई उद्धारका विषयमा समेत प्रश्न उठाएका थिए।

को हुन् सुदन ?

पछिल्लो समय गुरुङका गतिविधि शंकास्पद देखिएको भन्दै प्रहरीले नै गोप्य रुपमा निगरानी बढाइराखेको छ ।

खासगरी उनको विदेशीहरूसँगको सम्पर्क र सञ्जालमाथि प्रश्न उठेको छ ।

उनको फ्रि–तिब्बत अभियानसँग पनि बिशेष सम्बन्ध देखिएको छ । फ्रि–तिब्बतको पक्षमा काम गर्दै आएका संस्थाहरूसँग हामी नपालले सहकार्य गर्दै आएको उनको वेभसाइट मै उल्लेख छ । यो विषयलाई लिएर छिमेकी देश चीनले पनि चासो राखेको छ ।

उनलाई विगतमा सहयोग गरेकै आधारमा नेत्र विशेषज्ञ सन्दुक रुइतको बारबरा फाउन्डेसन संस्था समेत विवादमा तानिएको थियो । सोही कारण संस्थाले पत्रकार सम्मेलन नै गरेर उनीसँग हाल कुनै सहकार्य नभएको भनेर प्रष्टीकरण दिएको छ ।

गुरुङका गतिविधि राष्ट्रिय सुरक्षामै जोखिम हुने देखिएपछि सुरक्षा निकायले निगरानी बढाएका छन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेलेका गुरुङ नेतृत्वको ‘हामी नेपाल’ नामक एनजिओलाई तिब्बती नेता दलाई लामाको बिधार्थी संगठन ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’ तथा बारबरा फाउण्डेशनले करोडौं लगानी गरेको र बालुवाटारमा कार्यालयसमेत खडा गरिदिएको तथ्य सार्वजनिक भइसकेको छ ।

हामी नेपालको वेबसाइटमा रहेको सहयोगीको सूचीमा तिब्बत समर्थकलगायतका संस्थाहरु नेपालमा हुने चीन विरोधी प्रदर्शनमा समेत स्टुडेन्ट फर अ फ्री तिब्बत सक्रिय रहँदै आएको छ । यसको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो ।

‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ नेपालमा हुने चीन विरोधी गतिविधिमा प्रत्यक्ष संलग्न रहेको खुलिसकेको छ । सन् २००६ मा स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको बौद्धमा तिब्बती समूहले गरेको विरोध प्रदर्शनमा यो संस्था जोडिएको यसअघि नै खुलेको थियो ।

गुरुङ तिनै व्यक्ति हुन्, जो यतिबेला जेनजी आन्दोलनमा घुसपैठ गरेर हिंसा फैलाउन संलग्न देखिएकाहरूलाई पक्राउ नगर्न प्रहरी प्रशासनलाई दबाब दिन सक्रिय छन् ।

प्रहरी प्रशासनदेखि आन्दोलनको जाँचबुझ गर्न गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीसम्मलाई भेटेर कारबाही नगर्न दबाब दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!