२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ तुलसीपुर कारागारबाट भागेका कैदीबन्दीले फेरि गरे मान्छे मार्ने प्रयास गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १९, २०८२

दाङ । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दी खिम बहादुर बिक पंक्षीले कारागारबाट भागेर फेरि मान्छे मार्ने प्रयास गरेका छन् ।

कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुलसीपुर–५ रानीजरुवाका २२ वर्षीय पंक्षी कारागार कार्यालय तुलसीपुर दाङबाट गत भदौ २४ गते जेनेजी आन्दोलनको क्रममा भागेका थिए ।

फरार रहेका बिकले असोज ११ गतेराति तुलसीपुर–५ रानीजरुवामा ५३ वर्षीय स्थानीयमाथि धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा जिल्ला अदालत दाङले असोज १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएलगत्तै खोजतलासमा जुटेको प्रहरीले असोज १८ गते साँझ करिब ६ बजेतिर दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा बिकलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका बिकलाई कारागार कार्यालय तुलसीपुर दाङमा बुझाइएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]