१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा धर्म र समुदायबीच द्वन्द्व हुने भ्रामक सामग्री प्रति बाँके प्रहरीको गम्भीर ध्यानाकर्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १९, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक प्रेस विज्ञप्ति मार्फत केही व्यक्तिहरूले संक्रमणकालीन परिस्थितिको अनुचित लाभ उठाउँदै सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, भ्रमपूर्ण स्टाटस प्रकाशित–प्रसारित गर्ने र समाजमा अशान्ति फैलाउने खालका गतिविधि गर्दै आएको पाइएकाले यस्ता कार्य रोक्न सबैलाई सचेत गराएको छ। विज्ञप्तिमा प्रहरी प्रबक्ता (डीएसपी) तथा सूचना अधिकारी दीपक पातलीले हस्ताक्षर गरेका छन्।विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, दंगा फैलाउने कार्य भइरहेको पाइएकाले उल्लिखित कार्य गर्ने, गराउने जोकोहीलाई कानुन अनुसार कारबाही हुने भएकाले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सम्पूर्ण नागरिक र सञ्चार माध्यमलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।” प्रहरीले यस्ता भ्रामक समाचार र अफवाहका कारण समाजमा अशान्ति फैलिन सक्ने भन्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैलाई जिम्मेवार बन्न बाँके प्रहरीले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!