१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

भारतले बाँधको ढोका नखोल्दा बाढी पसेर रौतहट गाउँ डुबानमा जनजीवन कष्टकर,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २०, २०८२

रौतहट । बाग्मती,लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी आउदा रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरू डुबानमा परेका छन् ।

बाढीका कारण गौरबाट बाहिरिने सडकहरू अवरुद्ध भएपछि राजमार्गसँगको सम्पर्क टुटेको छ । बाढीले गौर-कलैया सडकखण्ड पनि अवरुद्ध बनाएको छ ।

सडक सञ्जालमा असर परेपछि गौर भित्रिने वा गौरबाट बाहिर निस्कने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएपी राजु कार्कीले बताए । सदरमुकाम गौरका मुख्य सडकहरूमा ३ फिटसम्म पानी जमेको छ ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, कृषि विकास बैंक, गौर नगरपालिका लगायतका कार्यालय परिसरमा बाढीको पानी पसेको छ भने सशस्त्र प्रहरीको गौर भन्सारमा रहेको बीओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको बेलबिछवामा रहेको बीओपी, नेपाल प्रहरीको चौकी, सशस्त्र प्रहरीको नम्बर ११ गण समेत डुबानमा परेका छन् ।

नेपाल-भारत सीमामा रहेको बाँधको ढोका खोल्न नेपाली पक्षले अनुरोध गरे पनि भारतीय पक्षले ढोका खोलेको छैन ।

बाढीको पानीलाई सहज निकास दिन बाँधको ढोकाहरू खुला गरी दिनका लागि रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खडकाले भारतीय समकक्षीलाई अनुरोध गरे पनि भारतीय डीएमले बेवास्ता गरेका छन् ।

नेपाली सुरक्षा प्रमुखहरूले भारतीय पक्षसँग हिजोदेखि नै बाँधको ढोका खोल्न अनुरोध गरेका थिए । तर नेपाली पक्षको अनुरोध बेवास्ता गरेको भारतीय सुरक्षा निकायले बाँधमा सुरक्षा गस्ती बढाएर नेपाल तिरको पानीलाई सुलिस गेटमार्फत सहज निकास दिन तयार छैनन् ।

भारतीय पक्षले बाँधको ढोका थुनेर नेपाली मार्न लागेको भन्दै रौतहटका स्थानीयहरूले सामाजिक सञ्जालमा भारतीय पक्षको चर्को आलोचना गरेका छन् ।

बाढीका कारण रौतहटमा अहिलेसम्म २ जनाको ज्यान भएको छ भने ५०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

बाढीको समय भारततर्फबाट नेपालको गौर नाकामा आएर अलपत्र परेका यात्रुहरूलाई गौर नगरपालिकाको ट्याक्टरले उद्धार गरेर सुरक्षित गन्तव्यतर्फ पठाएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!