२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी फरार आजसम्ममा फर्किन कैदी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २०, २०८२

काठमाडौं । सरकारले जेनजी विद्रोहका क्रममा भागेका बालबन्दीलाई आजसम्म फर्किने म्याद दिएको छ। आजसम्म फर्किनेलाई अर्को मुद्दा नलाग्ने भनिएको छ।

बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी र बालबन्दी फरार रहेका छन्। आजसम्ममा नफर्किने कैदी र बालबन्दीलाई समातेर अर्को मुद्दा पनि लगाउने तयारी गरिएको छ ।

जिल्लामा नौबस्ता र डुडुवामा गरी दुई वटा बालसुधार गृह छन्। जेनजी विद्रोहका क्रममा भदौं २४ गते नौबस्ता बालसुधार गृहबाट ७९ जना भागेकोमा २९ जना सम्पर्कमा आएका छन्। ५० जना अझै फरार छन्। त्यो दिन नौबस्तामा बालबन्दी र त्यही परिसरमा रहेका कारागारबाट कैदी भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।

त्यहाँको कारागारबाट एक सय ५० जना कैदी भागेकोमा ३२ जना सम्पर्कमा आएका छन्। अरु १ सय १८ जना फरार छन्। बाँके प्रहरीले नौबस्ता कारागारबाट भागेका नेपालगन्जका हरकेश खटिकलाई शनिबार र खजुरा सिमलघारीका मनोज चँदरालाई आइतबार समातेर कारागार पठाएको छ।

डुडुवाको जयेन्दु बालसुधार गृहबाट एक सय १५ जना भागेकोमा ३९ जना सम्पर्कमा आएका छन् भने ७६ जना अझै फरार रहेका छन्। कार्यालय प्रमुख किशोर शर्माले असोज २० गतेसम्म सम्पर्कमा आउनेलाई अर्को मुद्दा नचलाउने भनिएको र त्यो दिन आज भएकाले साँझसम्म केही फर्किन सक्ने आशा गरे।

संसद विघटन हुँदा ऐन अलपत्र

नेपालमा ९ वटा बालसुधार गृह छन्। त्यसमा चौध सय हाराहारीमा बालबन्दी रहेका छन्। भक्तपुरमा केटा र केटीलाई राख्ने भएकाले त्यहाँ धेरै बालबन्दी छन्।

विराटनगर र बाँकेका दुई वटा बालसुधार गृहमा धेरै संख्याका बालबन्दी छन्। बाँकेमा डुडुवाको जयेन्दु र नौबस्ता कारागार परिसरमा बालसुधार गृह रहेको छ। पर्सा, मकवानपुर, डोटी, रुपन्देही, कास्कीमा पनि बालसुधार गृह छन्।

बालसुधार गृहहरुमा प्रायः विवाद र झडप भइरहन्छन्। १८ वर्षमुनिका बालबालिकाले अपराधिक कर्म गरेपछि उनीहरुलाई बालसुधार गृहमा पठाउने गरिन्छ। नेपालका बालसुधार गृहमा १८ वर्षमाथिका धेरै बालबन्दी रहेका छन्। जुन बालसुधार गृहमा बबाल र झडप हुन्छ, त्यहाँ त्यो गर्ने १८ वर्षमाथिका बालबन्दी रहेको अध्ययनहरुले देखाएको छ।

बालसुधार गृह प्रशासनले १८ वर्षमाथिका बालबन्दीलाई कारागार पठाउने गरी ऐन ल्याउने तयारी गरेको थियो। संसदबाट केही दिनमै पारित हुने भनिएको उक्त ऐन जेनजी विद्रोहले संसद नै विघटन गरेपछि अन्यौलमा परेको छ। उक्त ऐन पारित भएको भए कारागार प्रशासकलाई बालसुधार गृहमा हुने झडपबाट मुक्ति मिल्ने आशा गरिएको थियो।

जयेन्दु बालसुधार गृहका कार्यालय प्रमुख किशोर शर्माले १८ वर्षमाथिका बालबन्दीलाई कारागारमा पठाउनेलगायतका व्यवस्था राखेर ऐन बनेको र त्यो संसदमा लैजाने तयारी भइरहेको बेलामा संसद विघटन भएको बताए।

उनले जति पनि बबाल र झडप हुन्छन्, त्यो सबै १८ वर्षमाथिकाले गर्ने भएकाले १८ वर्षमाथिकालाई कारागारमा पठाउने व्यवस्था हुने वित्तिकै बालसुधार गृह शान्त हुने बताए।

बालसुधार गृहका प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने र प्रमुख जिल्ला अधिकारीले अध्ययन गरेर १८ वर्षमाथिकालाई कारागार पठाउने गरी ऐन बन्दै थियो।

आवेग, रिस र झोकमा अपराध गर्न पुगेका बालबालिकालाई सुधार गर्न बालसुधार गृहमा राख्ने गरिन्छ। तर, त्यहाँ नै उनीहरुले उत्श्रृंखलता देखाउने गर्दछन्। यस्तो गर्नेमा सबै हुँदैनन्। उमेर बढी भएकाहरु मात्र हुन्छन्।

बाँकेको नौबस्तामा सबै १८ वर्षमाथिका बालबन्दी राखिएको छ। जयेन्दुमा रहदा पटक–पटक झडपमा उत्रिएकालाई त्यहाँ राखिएको छ। जयेन्दुमा पनि १८ वर्षमाथिका अझै छन्। जेनजी विद्रोहका बेला भागेका सबैजसो १८ वर्षमाथिकै छन्।

जयेन्दुका कार्यालय प्रमुख शर्माले बालसुधार गृहमा झगडा, झडप हुन नदिने हो भने सरकारले ऐन, कार्यविधि, निर्देशिका जे बनाएर भएपनि १८ वर्षमाथिकालाई कारागार पठाउनु पर्ने बताए। बालसुधार गृहमा जबरजस्ती करणी, कर्तब्य ज्यान र लागु औषध मुद्दाका धेरै बालबन्दी छन्। यहाँ बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका बढी बालबन्दी छन्। बाँके भारतीय सीमावर्ती जिल्ला भएकाले यहाँबाट भागेका बालबन्दी भारत जाने सम्भावना बढी रहन्छ। भारत पुगेकाहरु फर्किने चान्स कम हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]