१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

दाङमा टर्च-लाईट प्रहारबाट श्रीमानको हत्याको आरोपमा श्रीमति पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २०, २०८२

दाङ । घोराही उपमहानगरपालिका १ मा ६४ वर्षीय श्रीमान ढाललबहादुर चौधरीको हत्या आरोपमा ६२ वर्षीया श्रीमति छाँयादेवी चौधरी पक्राउ परेकी हुन ।

दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति १० बजेतिर आपसी बिबादका क्रममा श्रीमति छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लइनले प्रहार गरेकी थिइन ।

टर्च प्रहार बाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तस्राबका कारण बिहान ढालबहादुर मृत अवस्थामा फेला परेका थिए ।

घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार त्यो दिन श्रीमान – श्रीमति दुबैले मदिरा सेवन गरेको खुल्न आएको छ । प्रहरीले हत्या आरोपी छाँयादेबीलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!