दाङ । घोराही उपमहानगरपालिका १ मा ६४ वर्षीय श्रीमान ढाललबहादुर चौधरीको हत्या आरोपमा ६२ वर्षीया श्रीमति छाँयादेवी चौधरी पक्राउ परेकी हुन ।
दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति १० बजेतिर आपसी बिबादका क्रममा श्रीमति छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लइनले प्रहार गरेकी थिइन ।
टर्च प्रहार बाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तस्राबका कारण बिहान ढालबहादुर मृत अवस्थामा फेला परेका थिए ।
घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार त्यो दिन श्रीमान – श्रीमति दुबैले मदिरा सेवन गरेको खुल्न आएको छ । प्रहरीले हत्या आरोपी छाँयादेबीलाई पक्राउ गरेको छ ।