२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जेनजी आन्दोलनको बेला दाङको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

दाङ । राप्ती गाउँपालिका ८ पिपरीका १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका कर्तव्य ज्यान मुद्दाका बुद्धिराम चौधरी भन्ने बुधराम चौधरी, घोराही उपमहानगरपालिका–१३ मौलाका जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका नारायण घर्तीमगर, गढवा गाउँपालिका–१ का १८ वर्ष कैद सजाय भएका सुनिल नेपाली रहेका छन्।

यस्तै घोराही–५ का १२ वर्ष कैद सजाय भएका बसन्त सार्की, घोराही–१७ का ८ वर्ष कैद सजाय भुक्तान गर्दै आएका मनोज चौधरी र सल्यानको कालिमाटी गाउँपालिका–७ का १४ वर्ष कैद सजाय पाएका जीवन भन्ने जिउपाल दमाई रहेका छन्।

उनीलाई भदौ १७ देखि असोज २१ गतेसम्म पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी चक्र बहादुर शाहका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]