२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ओली र लेखक विरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिने कसरत सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

काठमाडौं । अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जाहेरी लिएर पक्राउ पुर्जी लिने कसरत गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार राति भएको छलफलमा कानुनसम्मत तरिकाले प्रहरीमा जाहेरी दिन लगाई पक्राउ पुर्जी जारी गर्ने कसरतमा लागेको हो।

गृह मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ को दफा २६ मा टेकेर जाहेरी दिने र त्यही दफालाई आधार मानेर पक्राउ पुर्जी जारी गर्न लगाउने गरी प्रहरीमा दबाब बढिरहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराउनका लागि विभिन्न समूहले दबाब दिइरहेका छन्। ‘ओली र लेखकको नाममा पक्राउ पुर्जी जारी गराएर जेनजीका केही अगुवालाई शान्त पार्ने उपाएका सरकार लागेको बुझिन्छ,’ एक प्रहरी अधिकारीले भने।

तर नेपाल प्रहरीले न्यायिक छानबिन आयोग बनेका कारण अहिले नै उजुरी लिन हतार गर्न नहुने जनाएको छ। प्रहरीले प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिने जनाएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा पनि प्रहरीले अहिले जाहेरी लिदा हतार हुने जनाएको थियो।

सोमबार रातिको बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की लगायत उपस्थित थिए। छलफलमा कानुनी बाटोबाटै ओली र लेखकलाई कसरी पक्राउ गर्न सकिन्छ उपायको खोजी गरेको भए पनि रातिको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

सोमबार राति प्रहरी महानिरीक्षक खापुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका विरुद्ध उजुरी आए लिन कि नलिने भनेर प्रश्न गर्दा बैठकमा सन्नाटा छाएको थियो।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन–जी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताएको बालुवाटार उच्च स्रोतले जनाएको छ। तर सरकारले प्रहरीको कुरालाई ध्यान दिएको छैन।

एकातर्फ भदौ २३ र २४ गतेको घट्नामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण र कारवाहीको सिफारिसका लागि जाँचबुझ आयोगको गठन गरेको छ भने अर्काे तर्फ अहिले नै जाहेरी हालेर पक्राउ पुर्जी लिने तयारीमा रहेको छन्। उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण र कारबाहीको सिफारिसका लागि जाँचबुझ आयोगको गठन गरेको छ भने अर्काे तर्फ अहिले नै जाहेरी हालेर पक्राउ पुर्जी लिने तयारीमा रहेको छ। ‘अहिलेको अवस्थामा जाँच बुझ आयोगले काम गरिरहेको छ, यता सरकारले पक्राउ पुर्जी जारी गर्ने हो भने आयोगको कामकारबाही समेत प्रभावित हुनसक्छ,’ सुरक्षा निकायका एक अधिकारीले भने।

सोमबार रातिको बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दानबहादुर कार्की र मनोज केसीसहितका उच्च अधिकारीहरूबीच कानुनी संरचना र त्यसले पार्ने प्रभावको पारेमा छलफल भएको थियो। तर प्रधानमन्त्री र गृहमन्त्री दुवैले ओली र लेखकको नाममा प्रहरीले जाहेरी लिनुपर्नेगरी दबाब सिर्जना गरिएको स्रोतको दाबी छ।

जेन–जीका नामबाट सुदन गुरुङको टोलीले प्रहरीलाई धम्क्याएपछि बालुवाटारमा प्रधानमन्त्रीसहित सुरक्षा संयन्त्रको बैठक बसेको थियो। बैठक राति अबेरसम्म बसेको स्रोतको दाबी छ। सोमबार रातिको बैठकपछि अहिले पनि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सुरक्षा अंगका प्रमुखसहितको बैठक बसिररहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]