२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ड्युटीमा खटिएका प्रहरीलाई धम्क्याउने एक युवक जाजरकोटबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

जाजरकोट । जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्रनाथ योगी रहेका छन् । उनले आइतबार दिउँसो ४ बजे सुर्खेत–जाजरकोट जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका–२, सुयाडा नजिक ड्युटीमा खटिएका प्रहरीलाई धम्क्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिराम डाँगीका अनुसार योगी र उनका चार साथीसहित दुई मोटरसाइकलमा आएका थिए । लुम्बिनी प्रदेश–५०–प–३९६६ र मधेश प्रदेश–३०–प–५४९४ नम्बरका ती मोटरसाइकलमा सवार समूहले मादक पदार्थ सेवन गरेर सडकमै पल्टिरहेका थिए ।

प्रहरीले उनीहरूलाई सडक खाली गर्न आग्रह गर्दा लोकेन्द्रले प्रहरीमाथि गालीगलौज गर्दै धम्की दिएका थिए । उनले प्रहरीसँग हातपात गर्न खोज्दै अभद्र व्यवहारसमेत गरेका थिए ।

घटनास्थलमै पक्राउ परेका योगीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]