जाजरकोट । जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्रनाथ योगी रहेका छन् । उनले आइतबार दिउँसो ४ बजे सुर्खेत–जाजरकोट जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका–२, सुयाडा नजिक ड्युटीमा खटिएका प्रहरीलाई धम्क्याएका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिराम डाँगीका अनुसार योगी र उनका चार साथीसहित दुई मोटरसाइकलमा आएका थिए । लुम्बिनी प्रदेश–५०–प–३९६६ र मधेश प्रदेश–३०–प–५४९४ नम्बरका ती मोटरसाइकलमा सवार समूहले मादक पदार्थ सेवन गरेर सडकमै पल्टिरहेका थिए ।
प्रहरीले उनीहरूलाई सडक खाली गर्न आग्रह गर्दा लोकेन्द्रले प्रहरीमाथि गालीगलौज गर्दै धम्की दिएका थिए । उनले प्रहरीसँग हातपात गर्न खोज्दै अभद्र व्यवहारसमेत गरेका थिए ।
घटनास्थलमै पक्राउ परेका योगीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ।