०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण खोज्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २२, २०८२

काठमाडौं । जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यसबारे आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको अदालत स्रोतले जानकारी दिएको छ।

बस्नेतबिरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गर्न पक्राउ पूर्जी माग गरेको थियो। यद्यपि अदालतले थप प्रमाण ल्याउन प्रहरीलाई निर्देशन दिएको हो।

बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न मंगलबार पौडेलको इजलासले आदेश दिएको हो।

उता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीमा पीडित परिवारले दिएको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!