२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरे,

Logo
Abc Sanchar प्रकाशित बुधबार, आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमाले पार्टी भित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्।

त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए।

जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका गतिविधि पनि गुन्डुस्थिति आफ्नै निवासबाट गरिरहेका छन्।

ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए। उनले प्रदेश प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन्।

एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गते बोलाइएको छ। केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ।

भर्चुअल सम्बोधनका क्रममा उनले आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताउँदै भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्रकै उपज भएको बताएका थिए।

आफूलाई सत्ताबाट हट्न बाध्य गराइए पनि आफू देश र जनताको पक्षमा अविच्छिन्न हिसाबले क्रियाशील रहेको बताउँदै पार्टी, आन्दोलन, पार्टीका विचार र दृष्टिकोणको शिर झुक्न नदिने उनले बताए।

‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ उनको स्पष्ट सन्देश थियो।

उनले अगाडि भने, ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ उनले भने।

उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए।

‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु,’ उनले भनेका थिए।

अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणबारे नचाहिने हल्ला भइरहेको समेत बताए। ती कुरा पार्टीका उपयुक्त फोरममार्फत् निरूपण गरिने पनि उनले बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!