२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंजमा टिकटक मार्फत ठगी गर्ने गिरोह सक्रिय,विदेशी नागरिकहरुलाई निशाना बन्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन २३, २०८२

पर्सा । वीरगन्ज महानगरपालिका १० मा टिकटक प्रयोग गरी विदेशी नागरिकहरूलाई लक्षित गर्दै ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएको खुलासा भएको छ। स्थानीय स्रोतहरूका अनुसार, उक्त गिरोहले सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिरहेको छ।

गिरोहका सदस्यहरू आफूलाई वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय व्यापार वा अनलाइन कारोबारसँग जोडिएको देखाउँदै पीडितहरूलाई “coin” पठाइदिने, लाभांश दिलाइदिने लगायतका बहानामा ठगी गर्दै आएका छन्। उनीहरूले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरूलाई आकर्षक लाभ दिने प्रलोभन देखाएर रकम असुल्ने गरेका छन्।

स्थानीय स्रोतको भनाइमा, उक्त गिरोहले दैनिक १० देखि १५ लाख रुपैयाँसम्मको कारोबार विभिन्न बैंक खातामार्फत गरिरहेको देखिएको छ। पछिल्ला केही महिनामा गिरोहका सदस्यहरूले महँगा मोबाइल, मोटरसाइकल र घडेरी खरिद गरेपछि स्थानीयहरू अचम्मित भएका छन्।

पक्राउ परेपनि छाडियो भन्ने स्थानीयको आरोप

पर्सा प्रहरीले केही समयअघि गिरोहका केही सदस्यलाई पक्राउ गरेको भए पनि, कथित रूपमा पैसाको दबाब र राजनीतिक चलखेलका कारण उनीहरूलाई कारबाही नगरी रिहा गरिएको छ। यस घटनाले स्थानीयबासीहरूमा आक्रोश उत्पन्न भएको छ।

स्थानीय एक नागरिकले भने,”यी गिरोहहरूलाई केवल पक्राउ गरेर छोड्ने हैन, जरोसहित उखेल्नुपर्ने बेला आएको छ। यसले समग्र समाजमा गलत सन्देश दिन सक्छ।”

उक्त गिरोहले प्रयोग गरिरहेका टिकटक अकाउन्टहरू फेरेर गतिविधि लुकाउने रणनीति अपनाएको पाइएको छ। प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ, तर ठोस कारबाहीको माग अझै प्रष्ट रूपमा उठिरहेको छ।

साइबर अपराधविरुद्ध कडाइ आवश्यक

साइबर अपराधका घटना दिनप्रतिदिन बढ्दो छँदा पनि स्थानीय तहमा आवश्यक सतर्कता र प्रविधियुक्त निगरानी प्रणालीको अभाव देखिएको छ। विशेषज्ञहरू भन्छन् — यस्तो किसिमको अन्तर्राष्ट्रिय गिरोह विरुद्ध प्रभावकारी कदम चाल्न संघीय सुरक्षा निकायहरूको समेत समन्वय आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]