२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बिरगंजमा टिकटक मार्फत ठगी गर्ने गिरोह सक्रिय,विदेशी नागरिकहरुलाई निशाना बन्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन २३, २०८२

पर्सा । वीरगन्ज महानगरपालिका १० मा टिकटक प्रयोग गरी विदेशी नागरिकहरूलाई लक्षित गर्दै ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएको खुलासा भएको छ। स्थानीय स्रोतहरूका अनुसार, उक्त गिरोहले सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिरहेको छ।

गिरोहका सदस्यहरू आफूलाई वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय व्यापार वा अनलाइन कारोबारसँग जोडिएको देखाउँदै पीडितहरूलाई “coin” पठाइदिने, लाभांश दिलाइदिने लगायतका बहानामा ठगी गर्दै आएका छन्। उनीहरूले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरूलाई आकर्षक लाभ दिने प्रलोभन देखाएर रकम असुल्ने गरेका छन्।

स्थानीय स्रोतको भनाइमा, उक्त गिरोहले दैनिक १० देखि १५ लाख रुपैयाँसम्मको कारोबार विभिन्न बैंक खातामार्फत गरिरहेको देखिएको छ। पछिल्ला केही महिनामा गिरोहका सदस्यहरूले महँगा मोबाइल, मोटरसाइकल र घडेरी खरिद गरेपछि स्थानीयहरू अचम्मित भएका छन्।

पक्राउ परेपनि छाडियो भन्ने स्थानीयको आरोप

पर्सा प्रहरीले केही समयअघि गिरोहका केही सदस्यलाई पक्राउ गरेको भए पनि, कथित रूपमा पैसाको दबाब र राजनीतिक चलखेलका कारण उनीहरूलाई कारबाही नगरी रिहा गरिएको छ। यस घटनाले स्थानीयबासीहरूमा आक्रोश उत्पन्न भएको छ।

स्थानीय एक नागरिकले भने,”यी गिरोहहरूलाई केवल पक्राउ गरेर छोड्ने हैन, जरोसहित उखेल्नुपर्ने बेला आएको छ। यसले समग्र समाजमा गलत सन्देश दिन सक्छ।”

उक्त गिरोहले प्रयोग गरिरहेका टिकटक अकाउन्टहरू फेरेर गतिविधि लुकाउने रणनीति अपनाएको पाइएको छ। प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ, तर ठोस कारबाहीको माग अझै प्रष्ट रूपमा उठिरहेको छ।

साइबर अपराधविरुद्ध कडाइ आवश्यक

साइबर अपराधका घटना दिनप्रतिदिन बढ्दो छँदा पनि स्थानीय तहमा आवश्यक सतर्कता र प्रविधियुक्त निगरानी प्रणालीको अभाव देखिएको छ। विशेषज्ञहरू भन्छन् — यस्तो किसिमको अन्तर्राष्ट्रिय गिरोह विरुद्ध प्रभावकारी कदम चाल्न संघीय सुरक्षा निकायहरूको समेत समन्वय आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!